कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा सवारी दुर्घटनमा २* को मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा केहीबेर अघि भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कुसहामा मोटरसाइकललाई बचाउने क्रममा को १ ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टेको थियो ।

सप्तरीमा सवारी दुर्घटनमा २* को मृत्यु

सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार दुईजना जनाको मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।

डिएसपी रिमालका अनुसार मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका-५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो ।


अर्का एकजना मृतकको नाम खुल्न सकेको छैन । घटनापछि अहिले राजमार्गमा यातायात अवरुद्ध छ । घटनाबारे थप विवरण केहीबेरमा आउने प्रहरीले जनाएको छ । घटनामा बसमा सवार यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लहान पठाइएको छ ।


*यसअघि ३ जनाको मृत्यु भएको भन्ने समाचार सम्प्रेषण भएकोले सच्चयाइएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?