कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा बन्दको प्रभाव छैन, राजधानी बाहिर भने आंशिक बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आफ्नो पार्टीको गतिविधिमा लगाएको प्रतिवन्धको विरोध स्वरुप विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक मात्रै देखिएको छ ।

उपत्यकामा बन्दको प्रभाव छैन, राजधानी बाहिर भने आंशिक बन्द

काठमाडौंमा भाडाका साथै निजी गाडीहरुको आवागमनमा खासै समस्या देखिएको छैन । तर, उपत्यकाका सबै विद्यालयहरु भने बन्द रहेकाछन् ।


उपत्यका बाहिर भने बन्दको प्रभाव देखिएको छ । विशेष गरेर राजमार्ग आसपासका बजारहरु खुल्ला रहेपनि सवारी आवागमन भने पातलो छ । नवलपरासी लगायतका केही स्थानमा नेकपा समूहले रोकिराखेको ट्रकमा आगजनी समेत गरेका छन् ।


देशका विभिन्न भागबाट प्राप्त सूचना अनुसार विभिन्न स्थानमा भेटिएका अधिकांश शंकास्पद वस्तु बम नभएको देखिएको छ ।


प्रकाशित : फाल्गुन ३०, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?