१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८६

चन्द नेतृत्वको नेकपा पोलिटब्युरो सदस्य पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पोलिटब्युरो सदस्य मोहन कार्कीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई बालकुमारीस्थित उनकै डेराबाटै पक्राउ गरेको हो ।

स्रोतका अनुसार शुक्रबार राति औषधि लिन डेरा पुगेका बेला उनी पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उनलाई सामाजिक हितविपरीत क्रियाकलाप गरेको भन्दै मुद्दा चलाउने तयारी थालिएको छ ।


उनलाई आइतबार अदालत लैजाने तयारी प्रहरीले थालेको छ । प्रहरीका अनुसार सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका कार्की नै सबैभन्दा ठूलो नेता हुन् ।





प्रकाशित : चैत्र २, २०७५ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?