कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्ल बन्यो कांग्रेसको अनुशासन समिति

बिहान बोलाइएको बैठक भर्खरै बस्दै

काठमाडौँ — कांग्रेसमा नेताहरुबीचको लामो रस्साकस्सीपछि पार्टीको अनुशासन समिति गठन भएको छ । सभापति देउवाले केन्द्रीय कार्यसमितिका सदस्य भिष्म आङ्दम्बेको नेतृत्वमा अनुशासन समिति गठन गर्ने प्रस्ताव राखेका थिए । 

बल्ल बन्यो कांग्रेसको अनुशासन समिति

त्यसलाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मितबाट पारित गरेको छ । पाँच सदस्यीय समितिमा संस्थापन पक्षबाट देवेन्द्रराज कँडेल र किशोर राठोर सदस्य छन् ।


वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले दुईजनाको नाम दिन बाँकी छ ।


समिति गठन गर्ने एजेण्डा राखेर बिहान ११ बजे बैठक बोलाइएको थियो । समिति गठनमा सहमति नजुटेका कारण बैठक साँझ अवेर बसेको हो ।


सर्वसम्मतिबाटै मात्रै समितिले निर्णय लिने गरी केन्द्रीय कार्यसमितिले कार्यदेश दिने सर्तमा दुवै पक्षबीच सहमति जुटेको थियो ।


प्रकाशित : चैत्र ४, २०७५ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?