कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला हत्या प्रकरण : तत्कालीन एसपी बिष्ट अदालत उपस्थित

भवानी भट्ट

कञ्चनपुर — निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् ।
उनी मंगलबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

निर्मला हत्या प्रकरण : तत्कालीन एसपी बिष्ट अदालत उपस्थित

उनकाे बयान लिने तयारी भइरहेकाे छ । बिष्टसँगै पक्राउ पुर्जी जारी गरिएका तत्कालीन डीएसपी अगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन् ।

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी विष्ट र डीएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छुटिसकेका छन् ।  

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियाे।


याे पनि पढ्नुहाेस्

निर्मला हत्या प्रकरण – विष्ट र जीसीविरुद्ध पक्राउ पुर्जी, अरू छुटे

प्रकाशित : चैत्र ५, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?