कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहलाई केन्द्र सरकारको निर्देशन, 'दमकल २४ सै घण्टा तयारी अवस्थामा राख्नु'

रासस

काठमाडौँ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम सुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम सुरु भइसकेकाले सबै स्थानीय तहलाई छ बुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन दिइएको जानकारी गराइन् ।

स्थानीय तहलाई केन्द्र सरकारको निर्देशन, 'दमकल २४ सै घण्टा तयारी अवस्थामा राख्नु'

उनले हावाहुरीबाट आगलागी सम्भावना बढी हुने र जसले जीउधनको क्षति हुने भएको पूर्व सजकता अपनाउन स्थानीय तहलाई निर्देशन दिएको बताइन् । हावाहुरीबाट बच्नका लागि दमकल (बारुणयन्त्र) मर्मतसम्भार गर्नुपर्ने अवस्था भए तत्काल मर्मतसम्भार गरी चालू अवस्थामा राख्नुपर्ने आगलागी तथा डढेलोका घटना घटेको सूचना पाउनसाथ बारुणयन्त्र र जनशक्ति परिचालन गरी क्षति हुन नदिने तर्फ सजकता अपनाउने स्थानीय तहलाई निर्देशन दिइएको छ ।


यस्तै हावाहुरीको कारणले आगलागी तथा डढेलोको प्रकोप हुन सक्नेबारे स्थानीयलाई जनचेतना जगाउने तथा सजग गराउने, स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, समुदाय, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र र नागरिकलाई विपद् व्यवस्थापन सम्बन्धमा तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायसँग अग्नि नियन्त्रण सम्बन्धमा समन्वय र सहकार्य गर्नसमेत स्थानीय तहलाई निर्देशन दिइएको छ ।


चैत र वैशाखमा देशभरि नै हावाहुरी लाग्ने गरेको छ । जसको कारण ठूलो भौतिक र जीउधनको क्षति हुने गर्दछ ।

प्रकाशित : चैत्र ७, २०७५ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?