कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङ प्रहरीद्वारा १६४ केजी चरेस सहित भारतीय नागरिक पक्राउ

हरिहरसिंह राठौर

धादिङ — धादिङ प्रहरीले शुक्रबार बिहान १ सय ६४ केजी अवैध लागू औषध चरेस सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

धादिङ प्रहरीद्वारा १६४ केजी चरेस सहित भारतीय नागरिक पक्राउ

विशेष सूचानाका आधारमा पृथ्वी राजमार्गमा सवारीसाधन खानतलासका क्रममा गजुरी प्रहरीले काठमाडौंबाट वीरगंज तर्फ जाँदै गरेको भारतीय युपी-१९पी ५१७१ नम्बरको ट्रकमा लुकाई छिपाई भारततर्फ लाँदै गर्दा गजुरी नजिकै पक्राउ गरिएको हो ।


ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले गजुरी चेक प्वाइन्टमा सो लागू औषध पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । उक्त परिणामको चरेस ८ वटा प्लास्टिकका पोका बनाइ लैजान लागिएको गजुरी प्रहरी निरीक्षक नवराज ढुंगेल बताउँछन् । चरेस ओसारपसारमा संलग्न गाडी सहित उत्तर प्रदेश निवासी अन्दाजी २५ वर्षीय मोहम्मद तताप भन्ने भारतीय नागरिक पनि पक्राउ परेका छन् ।


गाडी र ओसारपसारमा संलग्नलाई जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि राखिएकोछ । गत महिनादेखि करिव ४ सय केजी चरेस सहित भारतीय नागरिक र सवारीसाधनहरु पक्राउ परिसकेका छन् ।

प्रकाशित : चैत्र ८, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?