कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच बुँदे सहमतिपछि सेती अञ्चल अस्पतालको तनाव साम्य

अर्जुन शाह

धनगढी — यहाँस्थित सेती अञ्चल अस्पतालमा उत्पन्न विवाद दुबै पक्षबीच ५ बुँदे सहमतिपछि साम्य भएको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै पीडितले अस्पताल घेराउ गरेपछि भएको विवाद मिलाउन दुबै पक्षबीच ५ बुँदे सहमति भएको हो । छलफलमा  सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, धनगढी उपमहानगर, अस्पताल प्रशासनका प्रतिनिधि सहभागी थिए । 

पाँच बुँदे सहमतिपछि सेती अञ्चल अस्पतालको तनाव साम्य

सेती अञ्चल अस्पतालमा सुत्केरी गराउन शल्यक्रिया गरेकी धनगढी उप-महानगरपालिका जुगेडा सी गाउँकी २० वर्षीया रेखा थापाको थप उपचारका लागि कोहलपुर लैजादै गर्दा बिहीबार बाटैमा मृत्यु भएको थियो ।


सहमतिमा छानबिन समिति गठन, शिशुको शिक्षाको व्यवस्था, २४ वर्षको उमेरसम्म नि:शुल्क स्वास्थ्योपचार, पालन पोषण लगायतका जिम्मेवारी अस्पताल र सामाजिक विकास मन्त्रालयले लिने उल्लेख छ ।

प्रकाशित : चैत्र ८, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?