कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसकारण गएका रहेछन् लालबाबु माला लगाएर किरियापुत्री भेट्न

काठमाडौँ — आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सोसल मिडियामा चर्चा भयो । चर्चाको कारण थियो- किरियापुत्रीसँग माला लगाएर फोटो खिच्नु। दुईजना किरियापुत्रीसँगै उनले  माला लगाएर फोटो खिचेका छन् । उनको यो तस्बिरबारे आइतबार बिहानदेखि आलोचना भएको छ । धेरैले दुःखद घडीमा माला लगाएर जानु असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

यसकारण गएका रहेछन् लालबाबु माला लगाएर किरियापुत्री भेट्न

तत्कालिन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराईकी आमाको निधन भएको पाँचौ दिनमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न र परिवारलाई सान्त्वना दिन भन्दै पण्डित शनिबार काठमाडौंबाट विराटनगर गएका थिए ।


विराटनगर विमानस्थलमा पार्टी कार्यकर्ताले लगाइदिएको मालासहित नै उनी विमानस्थलबाट २ किलोमिटर दुरीमा रहेको विमनपा-३ स्थित् भट्टराई निवासमा पुगेका थिए । 'दुःखद घडीको ख्यालै नगरी मन्त्रीज्यू माला लगाएर किरियापुत्री भेट्न आएको घटनाले अशोभनीय सन्देश दिएको,' स्रोतले भन्यो । मन्त्री किरियापुत्रीलाई भेटेर सिरहा लहानमा भएको कार्यक्रममा सहभागी हुन गएका थिए ।

प्रकाशित : चैत्र १०, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?