३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

'हतियार बिसाए विप्लव समूहसँग वार्ता सम्भव'

देवनारायण साह

मोरङ — उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले नेक्रवित्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्त्तामा आउन आग्रह गरेका छन् ।

'हतियार बिसाए विप्लव समूहसँग वार्ता सम्भव'

विराटनगरमा पत्रकारसँग कुरा गर्दै पोख्रेलले हतियार उठाएको चन्द नेतृत्वको समूहसँग अहिले वार्ताको कुनै सम्भावना नरहेको बताउँदै पहिला हतियार बिसाउनु पर्ने बताए । ‘हतियार उठाउनु संवैधानिक व्यवस्था विपरितको कार्य हो,’ उनले भने, ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब उहा“हरुले हतियार बिसाउनुहुन्छ ।’


हतियार देखाएर चन्दा उठाउने, बम पड्काएर मान्छे मार्ने जस्ता समूहसँग सरकारले वार्ता नगर्ने उनले स्पष्ट पारे । सरकारले कुनै राजनितिक पार्टी र दललाई निषेध गर्न नखोजेको पोख्रेलको भनाई थियो ।


उनले प्रधानमन्त्रीले सेना परिचालन गर्ने विषय अनावश्यक हल्ला मात्रै भएको बताए । ‘राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाउन ढिलाइ भएको बेलामा प्रधानमन्त्री परिषदको अध्यक्षको नाताले मन्त्रीपरिषदको बैठकमा सेना परिचालनको प्रस्ताव लग्न सक्छ,’ उनले भने, ‘मन्त्रीपरिषदको निर्णय राष्ट्रपतिले अनुमोदन गरेपछि मात्रै सेना परिचालन हुनसक्ने विधेयकमा व्यवस्था छ ।’ तर त्यो पनि एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन गराइसक्नुपर्ने व्यवस्था रहेकोले प्रधानमन्त्रीले सेना परिचालन गर्ने विषय अनावश्यक हल्ला रहेको उनले प्रष्ट पारे ।


प्रकाशित : चैत्र ११, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?