कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोली प्रहारबाट भारतीय नागरिकको हत्या

बुटवल — बुटवलमा बुधबार राति अज्ञात समूहकाे गोली प्रहार गरी एक भारतीय नागिरककाे हत्या भएकाे छ । करिब राति सवा ९ बजे अ गोली लागेर भारतीय मूलका मजदुर ४० वर्षीय फिरोज खानको मृत्यु भएको डिएसपी डिलबहादुर मल्लले जानकारी दिएका छन् । 

गोली प्रहारबाट भारतीय नागरिकको हत्या

बुटवल उपमहानगरपालिका-१ मैनावगरको गढीटोलमा बुधवार राति गोली चलेको हो । मैनाबगरको अटो भिजेजका अटोमेकानिक्स अन्दाजी ४५ वर्षीय फिरोज खानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

खानको छातीमा गोली लागेको थियाे । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषित गरेको हो । गोली प्रहारको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरीले नाका सिल गरेर अनुसन्धान सुरु गरेको छ ।


खान मैना बगरको क लाईनमा रहेको ज्योतिमोटर पार्टसका हेड मिस्त्री हुन् । स्थानीय व्यवसायी नवराज सुवेदीका अनुसार निकै सोझो मिस्त्रीको रुपमा चिनिएका खान काम सकेर गढीटोलमा डेरा नजिकै बसिरहेका बेला गोली प्रहार भएको थियो । उनी भारतको विहार निवासी भए पनि थप विवरण खुलेको छैन् ।

प्रकाशित : चैत्र १३, २०७५ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?