कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेडिकल कलेजमाथि छानविन गर्न संसदीय उपसमिति

काठमाडौँ — संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुले बढी शुल्क लिएबारे छानविन गर्न उपसमिति गठन गरेको छ । सांसद सुरेशकुमार राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरिएको समितिले जनाएको छ । 

मेडिकल कलेजमाथि छानविन गर्न संसदीय उपसमिति

उपसमितिमा सांसदहरु चित्रलेखा यादव, खराराज अधिकारी, योगेश भट्टराई, उमेश श्रेष्ठ, एकवाल मियाँ, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी र सन्तबहादुर थारु सदस्य रहेका छन् । समितिको बैठकमा सांसदहरुले मेडिकल कलेजहरुले विद्यार्थी, अभिभावकसँग अवैध शुल्क असुलेको भन्दै छानविनको माग गरेका थिए ।


उनीहरुले छानविनका लागि टोली गठन गर्न सभापति जयपुरी घर्तीलाई जिम्मेवारी दिएका थिए । घर्तीले उपसमितिको बैठक बसेको एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी उपसमिति गठन गरेकी हुन् ।


‘मेडिकल कलेजहरुमा समस्या आएको छ,’ उनले भनिन, ‘सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन उपसमिति गठन गरिएको हो ।’ उपसमितिको रिपोर्टपछि समस्या समाधान गर्न सरकारलाई निर्देशन दिने समितिको तयारी छ ।

प्रकाशित : चैत्र १४, २०७५ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?