कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

बारा र आसपासका जिल्लामा हावाहुरीको वितण्डा, उद्धारका लागि तीनै सुरक्षा निकाय परिचालित, दर्जनौं हताहत, सयौं घाइते

उपचारका लागि अस्पतालमा रगत अभाव

काठमाडौँ — आइतबार साँझ अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण बारा र आसपासका जिल्लामा हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।

बारा र आसपासका जिल्लामा हावाहुरीको वितण्डा, उद्धारका लागि तीनै सुरक्षा निकाय परिचालित, दर्जनौं हताहत, सयौं घाइते

प्रधानमन्त्री केपी शर्मा ओली तीनवटै सुरक्षा निकायलाई उद्धार तथा राहत वितरणका लागि परिचालन गरिएको बताएका छन् । उनले मौसममा सुधार आउने बित्तिकै उद्धारमा खटिनका लागि नाइट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।


सामाजिक सञ्जालबाट प्राप्त सूचना अनुसार बारा र पर्साका अधिकांश अस्पतालहरु अहिले घाइतेहरुले भरिएका छन् । अस्पतालहरुमा रगतको अभाव भएसँगै रगतदान गर्नका लागि आह्वान समेत गरिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई उद्धार तथा घाइतेको उपचारका लागि खटिन आह्वान गरेका छन् ।


रातको अवस्था भएको र बत्ति समेत नभएकोले उद्धारमा खटिन भइरहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।



प्रकाशित : चैत्र १८, २०७५ ००:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?