कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुरीमा घाइते एक बालककाे मृत्यु

भुषण यादव

बारा — शक्तिशाली हुरीबाट घाइते भएका फेटा गाउँपालिका–६ पुरैनियाका फिराेज अन्सारीका ५ वर्षीय छोरा फैयाज आलमको उपचारको क्रममा मृत्यु भएकाे छ ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्माकाअनुसार वीरगन्जको नेशनल मेडिकल कलेजको आइसीयुमा उपचारका क्रममा मंगलबार आलमकाे मृत्यु भएकाे हाे ।

असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ भने ४ सयभन्दा बढी घाइते छन् ।

प्रकाशित : चैत्र १९, २०७५ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?