कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हावाहुरी पीडितलाई कांग्रेसले २५ लाख दिने

लक्ष्मी साह

बारा — नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी पीडितलाई राहत स्वरुप २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार बाराको फेटा गाउँपालिकाको पुरैनिया गाउँ पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले पीडितहरुलाई पार्टीकोतर्फबाट २५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । 

हावाहुरी पीडितलाई कांग्रेसले २५ लाख दिने

देउवा मंगलबार दिउँसो हुरी प्रभावित गाउँ पुगेका हुन् । उनले क्षति भएको स्थान अवलोकन गर्नुका साथै पीडितहरुको गुनासो सुनेका थिए।


आइतबार राति बारा र पर्सामा चलेको हावाहुरीमा २७ जनाले ज्यान गुमाएका छन् भने करिब ६ सय घाइते भएका छन्।

प्रकाशित : चैत्र १९, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?