कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस सभापतिहरूको निर्णय- 'स्वतः प्रतिनिधिबारे पुनर्विचार नगरिए विशेष महाधिवेशन गर्न हस्ताक्षर'

काठमाडौँ — कांग्रेसका बहुमत जिल्ला सभापतिले आगामी शनिबार बोलाइएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नगरे विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु गर्ने निर्णय लिएका छन् । 

कांग्रेस सभापतिहरूको निर्णय- 'स्वतः प्रतिनिधिबारे पुनर्विचार नगरिए विशेष महाधिवेशन गर्न हस्ताक्षर'

बुधबार र बिहीबार राजधानीमा बसेको संस्थापन इतरपक्षीय सभापति भेलाले स्वतः प्रतिनिधिको प्रावधान हटाउन र आरक्षण सुविधा दोर्‍याउन नपाउने व्यवस्था गरी पार्टीको अघिल्लो निर्णय सच्याउन पार्टी नेतृत्वसँग आग्रह गरेको हो ।

फागुन १२ को केन्द्रीय कार्यसमिति बैठकले स्वतः प्रतिनिधिको प्रावधान यथावत् राख्दै बहुमतबाट विधान पारित गरेको थियो । आरक्षणबारे नेताहरूलाई तजबिजी अधिकार दिने गरी विधानमा केही उल्लेख गरिएको छैन ।



'महासमिति बैठकको म्यानडेट रहेको, पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिबद्धता गरेका यी दुई विषयमा शनिबारको बैठकले पुनर्विचार गर्नेमा हामी आशावादी छौं,' नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीशनरसिंह केसीले भने, 'भएन भने विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गर्न बाध्य हुनेछौं ।'



प्रकाशित : चैत्र २१, २०७५ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?