कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस बैठक बस्दै नबसी स्थगित

कुलचन्द्र न्यौपाने

काठमाडौँ — केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर शनिवार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशतको हिस्सा दिनेगरी समिति गठनको तयारी गरेका थिए ।

कांग्रेस बैठक बस्दै नबसी स्थगित

तर, केन्द्रीय कार्यसम्पादन समितिमा पर्ने सदस्यहरूको निर्णय लिन दुवै पक्षलाई हम्मे हम्मे परेपछि शनिवार बोलाइएको बैठक स्थगित गरिएको हो ।


केन्द्रीय कार्यसमितिमा पदाधिकारी सहित २९ सदस्यीय हुनेछन् । ती मध्ये पदाधिकारी स्वतः सदस्य हुनेछन् भने सभापति देउवाले २२ जना सदस्य मनोनयन गर्न पाउनेछन् ।

मनोनयन मध्ये ४० प्रतिशत सदस्य पौडेल पक्षलाई दिन सभापति देउवा तयार भएको केन्द्रीय सदस्य एनपी साउदले बताए । भागबण्डा मिलाउन सभापति देउवाले शीर्षस्थ नेताहरूको बैठक हिजो(शुक्रवार) आफ्नै निवासमा राखेका थिए ।

दुई पक्षबीच भागबण्डा मिलेपनि पूर्व महामन्त्री सिटौलालाई कुन पक्षले लिने भन्नेमा भने सहमति जुटेको थिएन ।


पौडेल पक्षले ४० प्रतिशतमा नपर्ने र संस्थापन पक्षले ४० प्रतिशत भित्रै पर्ने बताएका थिए । बैठकमा बोलाएर आफूलाई अपमान गरिएको भन्दै सिटौला देउवाले बोलाएको बैठकमा केही क्षण बसेर बाहिरिएका थिए । अनौपचारिक रूपमा सहमति जुटेपछि मात्रै अर्को बैठक राख्ने तयारी सभापति देउवाको छ ।

प्रकाशित : चैत्र २३, २०७५ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?