कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'संविधान नमान्नेसँग कांग्रेसले मोर्चाबन्दी गर्नु हुँदैन'

देवनारायण साह

मोरङ — कांग्रेस नेता प्रकाशमान सिंहले संविधानलाई नमान्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पार्टीले मोर्चाबन्दी गर्नु उचित नहुने बताएका छन् । विराटनगरमा शनिबार नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानकै बर्खिलाप गर्नेसँग कांग्रेस आबद्ध हुने आवश्यकता नभएको बताएका हुन् ।

'संविधान नमान्नेसँग कांग्रेसले मोर्चाबन्दी गर्नु हुँदैन'

नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको मोर्चाबन्दी आवश्यक छैन,' उनले भने, 'कांग्रेसले संविधान जोगाउन र स्थापित गर्न भूमिका निर्वाह गर्नुपर्छ ।'


नेता सिंहले पार्टी जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । 'पार्टीको इतिहास सुनेर अहिलेका नेपाली जनताले चित्त बुझाउने स्थिति नभएको र नेतृत्वले एकलौटी ढंगबाट पार्टी सञ्चालन गरेकोले पार्टी टिक्ने स्थिति छैन,' उनले भने, 'कांग्रेसले जसरी मुलुकमा राजनीतिक अधिकार प्रदान गर्न नेतृत्व गर्‍यो त्यसरी नै अब मुलुकको आर्थिक समृद्धिका लागि पनि नेतृत्व प्रदान गर्नु अहिलेको आवश्यकता छ ।'


उनले अहिले अत्यन्तै संस्थाागत र विधिसम्मत ढंगले पार्टी सञ्चालन गरेर आउँदो दिनका चुनौतीहरुलाई सामना गर्ने किसिमको कांग्रेस निर्माणको अभियानमा आफूहरु अघि बढेको बताए ।


'पार्टी सभापति शेरबहादुर देउवाले सबैको माग बमोजिम आम जनता र कार्यकर्ताको भावना अनुसार पार्टीलाई नेतृत्व प्रदान गर्न सक्नु भएन,' उनले भने, 'वर्तमान नेतृत्वको कार्यशैली र क्षमताले आउँदो दिनको समस्याको समाधान गर्न नसक्ने हुनाले पार्टीलाई वैकल्किपक नेतृत्व आवश्यक भएको छ ।'


यसको तयारीमा आफूहरु लागेको उनले बताए । प्रजातान्त्रिक विधिबाट पार्टीलाई वैकल्पिक नेता महाधिवेशनबाट प्रदान गर्नका लागि समयमा महाधिवेशन गराउनु अहिलेको आवश्यकता भएको नेता सिंहको भनाइ थियो ।

प्रकाशित : चैत्र ३०, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?