कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कावासोतीमा बम बिस्फोट 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको इन्द्रचोकमा बम बिष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयबाट ४ सय मिटर  पश्चिम ब्यस्त बजारमा बिहीबार बिहान साढे १० बजे विष्फोट भएको हो ।

कावासोतीमा बम बिस्फोट 

राजमार्ग नजिकै रहेको झाडीमा बम बिष्फोट भएको हो । बिष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन । कावासोतीको केन्द्र इन्द्रचोकमा नै बम बिष्फोट भएपछि स्थानीय त्रसित छन् ।


उक्त स्थानमा प्रहरीले शंकास्पद बस्तु समेत फेला पारेको छ । शंकास्पद वस्तु डिष्पोजका लागि सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?