कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

चन्द समूहका मध्यपश्चिम सैन्य विभाग प्रमुखसहित तीन जना पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई केन्द्रीय सदस्यसहित एक जिल्ला जनसरकार प्रमुखलाई पक्राउ गरेको छ । 

चन्द समूहका मध्यपश्चिम सैन्य विभाग प्रमुखसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले तुल्सीपुर क्षेत्रबाट नेकपाका केन्द्रीय सदस्य एवं केन्द्रीय सदस्य तथा न्याय विभाग प्रमुख चुणामणि ओली, मध्य पश्चिम कमाण्डको सैन्य विभाग प्रमुख चन्द्रबहादुर खड्कासहित रोल्पा जनसरकार प्रमुखलाई पक्राउ गरेको छ ।


उच्च प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनैजना संगठन विस्तारको क्रममा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट केही दस्तावेज पनि बरामद गरेको छ ।


प्रकाशित : वैशाख ६, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?