कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा बम बिस्फोटनप्रति दुःख व्यक्त  

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले श्रीलंकामा बम बिस्फोटनमा कैयौं निर्दोषहरुको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै ओलीले समकक्षी र श्रीलंकाली जनताप्रति समवेदना प्रकट गरेका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा बम बिस्फोटनप्रति दुःख व्यक्त  

ओलीले बिस्फोटमा जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री ओली र समकक्षी विक्रमासिंघेसँगको सम्वाद उद्धृत गर्दै उनको सचिवालयले भन्यो, "श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृंखलाआद्ध आम आक्रमणमा कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।"


प्रधानमन्त्री ओलीले नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवाद विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुसार मानवताविरोधी घटनाको भर्त्सना गरेको बताएका छन् । दुःखद घडीमा श्रीलंकाका जनताको साथमा नेपाली जनता भएको बताएका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?