डडेल्धुरामा बस दुर्घटना, ५ यात्रुको मृत्यु
डडेल्धुरा — धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट मंगलबार साढे ३ बजे बझाङका लागि छुटेको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको संख्या पनि यकिन भइसकेको छैन ।
सडकबाट करिव २ सयमिटर तल खसेको बस दुर्घटना हुनुको कारण ओभरलोड हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घाइते यात्रुका अनुसार बसमा ५० भन्दा बढी यात्रु थिए । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका लागि लगिएको छ ।
प्रकाशित : वैशाख ११, २०७६ ०७:४९प्रतिक्रिया