कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारा र पर्सामा हावाहुरीबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि ८४ करोड ६८ लाख बजेट

काठमाडौँ — सरकारले बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट क्षति हुन पुगेका घरहरुको पुनर्निर्माणका लागि ८४ करोड ६८ लाखभन्दा बढी बजेट नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरेको छ ।

बारा र पर्सामा हावाहुरीबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि ८४ करोड ६८ लाख बजेट

सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले १४ सय ५३ घरहरुको पुननिर्माणका लागि आवश्यक ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय गरेको जानकारी दिए ।


बारा र पर्सामा हावाहुरीबाट भत्किएका घर पुनर्निर्माणको जिम्मा सेनालाई दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । पीडितलाई बर्खा अगाडि नै व्यवस्थित छानोमुनी ल्याउने गरी सेनाले काम गर्ने सरकार प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गरे ।

२०७५ गत चैत १७ गते आयोको 'टोर्नाडो' नामक हुरीबाट २९ जनाको मृत्यु, ६ सय हाराहारीमा घाइते भएका थिए भने सयौं घरमा क्षति पुगेको थियो ।

यो पनि


प्रकाशित : वैशाख १२, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?