यो वर्ष ६.८१ प्रतिशतले आर्थिक वृद्धि हुने
बजेटमा ८ प्रतिशतको वृद्धि हुने अनुमन गरिएको थियो, त्यसभन्दा १.१९ प्रतिशतले कम
काठमाडौँ — चालु वर्ष मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ६.८१ प्रतिशतले वृद्धि हुने भएको छ । चालु आर्थिक वर्षको हालसम्म उपलब्ध तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको हो ।
यो गत वर्ष भन्दा ०.५२ प्रतिशतले बढी हो । गत वर्षको वास्तविक आर्थिक वृद्धिदर ६.२९ रहेको थियो । भूकम्प पछिको वर्षलाई छाड्ने हो भने यो वृद्धिदर हालसम्मकै उच्च हो । भूकम्प गएको वर्ष ०.५९ प्रतिशत वृद्धि भएको थियो । त्यसपछिको वर्ष २०७३/७४ मा ७.९ प्रतिशतको वृद्धि भएको थियो ।
बजेटमा ८ प्रतिशतको वृद्धि हुने अनुमन गरिएको थियो ।
यो वर्ष देशको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुग्ने भएको छ । गत वर्ष ३० खर्ब ३१ अर्ब थियो ।
प्रकाशित : वैशाख १३, २०७६ १५:१८प्रतिक्रिया