कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनलाग्दी गरेको टुलुटुलु हेरेर बस्दैनौं : सिंह 

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरू असंवैधानिक र असंसदीय भाषाको प्रयोग गर्दै हिँडेको आरोप लगाएका छन् । रामेछापको सुनापति १ गुन्सीमा शनिवार एक शिवालय मन्दिरको उद्घाटन गर्न पुगेका नेता सिंहले वर्तमान सरकार आम जनताको भावनामा कुल्चेर जथाभावी काम गर्न उद्यत रहेको बताए ।

मनलाग्दी गरेको टुलुटुलु हेरेर बस्दैनौं : सिंह 

देशमा एकपछि अर्को काण्ड घट्दा सरकार विपक्षीलाई तल्लो स्तरमा झरेर गाली गलौज गर्न लागेको तर शान्ति सुरक्षा, अमनचयन र नागरिकको चाहना बमोजिमको काम गर्न नसकेको नेता सिंहले दाबी गरे ।


कांग्रेसले ७० वर्षदेखि जनताको हक अधिकारका लागि लड्दै आएको भन्दै नेता सिंहले वामपन्थीहरूले दुई तिहाईको दम्भमा मनलाग्दी गरेको टुलुटुलु हेरेर नबस्ने बताए ।


देश सामाजिक र आर्थिक रूपले जर्जर बनाउने काम कदापि क्षम्य नहुने नेता सिंहले बताए । उनले कांग्रेसले वर्तमान सरकारले गरेको चौतर्फी अलोकतान्त्रिक क्रियाकलापको जागरण अभियानमार्फत नागरिकसामु भण्डाफोर गर्ने बताए ।

प्रकाशित : वैशाख २८, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?