कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सरकारी जग्गा भागबन्डा

राजबहादुर शाही

मुगु — मुगमकार्मारोङ गाउँपालिका– ५ सेरोक गाउँका बासिन्दाले सरकारी जग्गा नापेर भागबण्डा गरी भोगचलन गर्दै आएका छन् । पूलु बगरमा रहेको करिव ७ रोपनी सरकारी जग्गा सेरोक गाउँका ७० परिवारले प्रतिघरधुरी तीन मिटरका दरले भागबन्डा गरेका हुन् । उक्त जग्गामा घर र स्याउ बगैचा निर्माण गरिएका छन् । 

केहीले अस्थायी टहरा निर्माण गरी व्यवसायसमेत गर्दै आइरहेका छन् । नजिकै तिब्बत जोड्ने सडकको भाग र गाउँपालिकाको कार्यालय स्थापना भएपछि स्थानीयले जग्गा कव्जा गर्दै बसोबास थालेका हुन् । पुलुका गिर्मे तामाङ गाउँपालिका कार्यालय सञ्चालन भएर मानवीय चहपहल बढ्न थालेपछि स्थानीयले धमाधम अस्थायी टहरा बनाउन थालेको बताए ।


मुगुमकार्मारोङ गाउँपालिकाको ९ वटै वडाको मध्य क्षेत्र हो– पुलुबगर । पहिलेदेखि पुलुमा प्रहरी चौकी र स्वास्थ्य केन्द्र सञ्चालन भएकाले अहिले गाउँपालिकाको केन्द्र पनि कायम गरिएको छ । सेरोक गाउँका स्थानीयले सरकारी जग्गा भागबन्डा गरी उपभोग गर्न थालेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।


‘लालपूर्जा कसैको छैन, स्थानीयले चलन अनुसार नापेर जग्गा बाँडेको देखियो,’ उनले भने, ‘अन्य गाउँकाले समेत पुलुमा आएर जग्गा खनजोत गरी उपभोग गर्न थालेका छन्, घरटहरा निर्माण गर्ने क्रम बढ्दै गएको छ ।’ उनले आफूहरूले रोक्ने प्रयास गरे पनि सफल नभएको बताए । त्यस्तै खत्याड गाउँपालिकाको माझचौरमा पनि सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले घरटहरा निर्माण गरिरहेका छन् ।


माझचौरमा खत्याड गाउँपालिकाको कार्यालय स्थापना गरेफछि अतिक्रमणको त्रम बढदै गएको हो । रारा–सुकाढिक जोड्ने सडक क्षेत्रमा पर्ने झएकाले अतिक्रमणको त्रम बढेको स्थानीयको भनाइ छ । माझचौरमा करिव ५ रोपनी जग्गा अतिक्रमण गरी घरटहरा बनाइएको छ ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?