कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चार विधेयक पास हुन दिदैनौँ : देउवा

विनु तिम्सिना

विराटनगर — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसद्मा पास हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् ।

सञ्चार विधेयक पास हुन दिदैनौँ : देउवा

'प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई कमजोर बनाउने सरकारको खेलको नेपाली कांग्रेसले कडा प्रतिवाद गर्छ,' सभापति देउवाले भने, 'बन्द हडताल गर्ने हैन, हामी सदन घेराउ गर्छौ तर विधेयक पास हुन दिदैनौं ।'


पत्रकारहरू स्वयम् पनि जे पायो त्यही लेख्न नचाहने बताउँदै उनले जे पायो त्यही लेख्ने पत्रकार आफैँ समाजमा कमजोर बन्दै जाने हुँदा संविधान विपरीत गएर प्रेसलाई अंकुश लगाउने कानुन निर्माण गर्नु गलत हुने उनले बताए ।


अदालतमा, मानव अधिकार आयोग, प्रेसमा सरकारले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका खेलिरहेको बताउँदै उनले सरकारको यस्तो हस्तक्षेप नेपाली कांग्रेसलाई मान्य नहुने बताए ।


सभापति देउवाले वर्तमान सरकार गठन भएको डेढ वर्ष बित्न लाग्दासमेत कुनै उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाए । उनले भने,'खै त सरकार गठन भएको डेढ वर्ष भयो प्रधानमन्त्रीले सिन्को भाँच्या छैनन् ।'

प्रकाशित : जेष्ठ ४, २०७६ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?