कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्ग खुल्यो

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ को खनियाँखर्क नजिक पहिरो खसेर अवरुद्ध भएको सडकमा खुलेको छ । आँधीहुरीसहित भएको वर्षातका कारण ४ ठाउँमा पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको थियो । 

ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार उक्त क्षेत्रको ४ स्थानमा खसेको पहिरो मेसिन प्रयोग गरी पन्छाएपछि सवारीसाधन गुड्न थालेको हो । पूर्वी नेपालबाट राजधानी काठमाडौंसँग जोडिने यो छोटो वैकल्पिक मार्ग हो । गाउँमा सडक लैजानका लागि जथाभावी ट्र्याक सडक खोल्दा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?