कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरीको सामूहिक बलात्कार

पर्सा — बारा परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ती किशोरीलाई बलात्कार गरेका हुन् ।

बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललँई नियन्त्रण गरेर प्रहरीको जिम्मा लगाएका थिए । अर्का व्यक्ति भने भागेका छन् ।


करिब १६ वर्ष उमेरकी किशोरीलाई आइतबारदेखि गाउँमा देखिएकी थिइन् । उनी कहाँबाट आएकी हुन् भन्ने स्थानीय कसैलाई थाहा छैन । किशोरीलाई मानव सेवा आश्रम वीरगन्जले आश्रय दिएको छ । किशोरी शारीरिक रूपमा सामान्य देखिन्छिन् । तर उनी

आफ्नो तथा अभिभावकको नाम, ठेगाना बताउन सक्दिनन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?