अदालतमै कुटिए वकिल

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको जिल्ला अदालत परिसरभित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन् । सोमबार दिउँसो अदालतमा बहसका लागि जाँदै गरेको अधिवक्ता डुम्रेलाई गैडाकोट–८ का ५८ वर्षीय दुर्गा ढुंगानाले कुटपिट गरेको अधिवक्ता गणेश अधिकारीले जानकारी दिए । 

डुम्रे बार एसोसिएसन नवलपरासीका पूर्व अध्यक्ष हुन् । जिल्ला बार एसोसिएसनका उपाध्यक्ष गणेश अधिकारीले एक विज्ञप्ति निकालेर अधिवक्ता डुम्रेमाथि हातपात गरेर दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् । हातपात गर्ने ढुंगाना नेकपाका स्थानीय नेता समेत हुन् । गाडी दुर्घटना सम्बन्धी मुद्दाको साक्षी बस्ने काममा ढुंगाना अदालत आएका थिए ।

बार एसोसिएसनले अदालतको काम प्रभावित गर्न खोजेको र अभद्र व्यवहार गरेको आरोपमा ढुंगानाविरुद्ध मुद्दा दायर गर्ने भएको छ । जिल्ला अदालतमै वकिल कुटिएको यो पहिलो घटना हो ।

प्रकाशित : जेष्ठ १३, २०७६ १७:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गुडिरहेकाे ट्रकमा बम प्रहारबाट चालक घाइते, जिपमा आगजनी प्रयास  

नारायण शर्मा

नवलपरासी — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले महेन्द्रराजमार्गमा गुडिरहेको ट्रकमा बम प्रहार गरेका छन् । सोमबार बिहान २ बजे दाउन्नेबाट नारायणगढतर्फ सिमेन्ट बाकेर आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्र्कमा अरुणखोलाको जंगलमा बम प्रहार गरेको प्रहरीले जनाएको छ । 

साेमबार बन्दका कारण सुनसान बनेकाे पूर्वपश्चिम राजमार्गकाे नवलपरासी क्षेत्र ।

बम प्रहारबाट ट्रक जलेर नष्ट भएको र चालक दमौलीका ३३ वर्षीय अमर विक भाग्न सफल भएका छन्। विकको शरीर केहीभाग डढेको अरुणखोला प्रहरी कार्यालयका इन्चार्ज सुन्दर गुरुङले जानकारी दिए। घाइते विककाे अरुणखाेला स्थित मनकामना पाेलिक्लिनिकमा उपचार भइरहेकाे छ।

बम प्रहारबाट घाइते ट्रकचालक अमर विक।


त्यस्तै नवलपरासीकै डण्डामा पनि गुडिरहेको जिपमा आगजनीको प्रयास गरिएको छ। आगजनीबाट प्रयासबाट जिपको त्रिपाल डढेको छ।

त्यसैगरी दुर्गम पहाडी बुलिंटारको खेतमा सिलिण्डर बम जलाएको स्थानीयले टेलिफोनमा जानकारी दिएका छन्।

सोमबार चन्द समूहले आव्हान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ। बिहानै देखि राजमार्ग सुनसान बनेको छ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT