कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुमलटारस्थित रेडियो नेपालको स्टेसन परिसरमा बम

दीपेन्द्र विष्ट

काठमाडौँ — ललितपुर खुमलटारस्थित रेडियो नेपालको स्टेसन परिसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम राखेका छन् । स्रोतका अनुसार बम सोमबार बिहानै राखिएको थियो । बिहानै राखिएपनि रातिसम्म बम पड्केको भने छैन । अहिले खुमलटार क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । 

ललितपुर प्रहरीका प्रवक्ता नारायण चिमोरियाले आफूलाई यसबारे जानकारी नै नभएको बताए भने सातदोबाटो प्रहरी वृत्तका डिएसपी गौतम मिश्रले बम रहेको हल्ला आएपनि आफूहरुले भर्खरै त्यो क्षेत्रमा 'सर्च' गरेर आएको प्रतिक्रिया दिए । उनले भने, 'यहाँ त्यस्तो कुनै वस्तु फेला परेको छैन ।'


सरकारले भोजपुरमा आफ्नो कार्यकर्ता हत्या गरेको आरोपमा सोमबार चन्द समूहको पार्टीले नेपाल बन्दको आयोजना गरेको थियो । बन्दको क्रममा देशैभरी विभिन्न ठाउँमा बम राखिएको थियो । केही स्थानमा ट्रक तथा बसमा आगजनी गरिएको थियो ।


प्रहरीले आइतबार र सोमबार साँझसम्म चन्द समूहका १५ कार्यकर्ता पक्राउ गरेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?