कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट भाषण : आगमी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने 

काठमाडौँ — सरकारले अगामी आर्थिक वर्ष युवा परिचालनको वर्षको रुपमा मनाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष युवा परिचालनको वर्षको रुपमा मनाउने बताएका हुन् । नेपाल स्काउट,राष्ट्रिय युवा परिषद जस्ता संस्थाहरु मार्फत युवाहरुलाई विपत,वातवरण संरक्षण जस्ता कार्यहरुमा लगाइने उनले बताए । 

बजेट भाषण : आगमी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने 

यस्तै सरकारले युवा वैज्ञानिक सम्मेलन गर्ने बताएको छ । अपांगता भएका व्यक्तिहरुका लागि रोजगारीका कार्यत्रम सञ्चालन गर्ने सरकारको योजना छ । अपांगता भएका व्यक्तिहरुको दक्षता र क्षमता विकासका लागि शिक्षा र तालिमको व्यवस्था मिलाइएको अर्थमन्त्रीले खतिवडाले बताए ।

सामाजिक सुरक्षा योजना कार्यक्रमका लागि ६४ अर्ब ५० करोड,प्रधानमन्त्री रोजगारी कार्यत्रमका लागि ५ अर्ब १ करोड र श्रम तथा रोजगार क्षेत्रका लागि ७ अर्ब १४ करोड विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?