कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट भाषण : युवा तथा खेलकुदको बजेट २० करोड घट्यो

काठमाडौँ — सरकारले युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा पेश गरेको युवा तथा खेलकुद बजेट गत वर्षभन्दा झण्डै २० करोड कम हो । गत वर्ष ४ अर्ब १८ करोड ९५ लाख विनियोजन गरिएको थियो । 

बजेट भाषण : युवा तथा खेलकुदको बजेट २० करोड घट्यो

बालबालिका, युवाको स्वास्थ्य शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई अगाडि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा समुदायस्तरदेखि नै नियमित रुपमा खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीको प्रशिक्षण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।


काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकुद परिषद निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेशमा प्रदेशसँगको सहलगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला र प्रदेश तथा स्थानीय तहसँगको सहलगानीमा सबै स्थानीय तहहरुमा खेलग्रामको विकास गर्न ४० करोड बजेट छुट्याइएको छ । यो अघिल्लो वर्षकै कार्यक्रमको निरन्तरता हो ।


काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान २ वर्षमा सम्पन्न गर्न १० करोड विनियोजन गरिएको छ । २०७१ सालयता यस मैदानको निर्माणका लागि २४ करोडभन्दा बढी खर्च भइसकेको छ ।


निजी क्षेक्रको अग्रसरतामा हुने त्रिकेट लगायतका खेल मैदान निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्ने तथा क्रिकेटको विकासका लागि त्रिकेट एकेडेमी स्थापना गरिने बजेटमा उल्लेछ छ ।


अर्थमन्त्री खतिवडाले १३औं दक्षिण एसियाली खेलकुदको पूर्वाधार विकास तथा नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक रकम विनियोजन गरिएको जानकारी दिएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?