कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगशाला प्रकरण : नेकपाले भन्यो प्रकाश घटनाका मुख्य नाइके, पार्टी सदस्यबाट निलम्बित

रमेशकुमार पौडेल

चितवन — रंगशालाको अस्थायी बार डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका प्रकाश कँडेललाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले मुख्य नाइके घोषित गरेको छ । ‘घटनाका मुख्य नाइके प्रकाश कँडेललाई पार्टी सदस्यबाट निलम्बन गरी कारवाही गरेका छौं,’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियाले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

रंगशाला प्रकरण : नेकपाले भन्यो प्रकाश घटनाका मुख्य नाइके, पार्टी सदस्यबाट निलम्बित

पार्टीले दोषिलाई कारवाही गरेर क्षतिपूर्ति भराउन माग गरेको छ । सो घटनामा संलग्न भएको भन्दै अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई दुई महिनाको लागि निलम्बन गरेको अध्यक्ष परियारले जानकारी दिए ।


रामपुरमा बन्ने प्रस्तावित गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे अस्थायी बारमा डाेजर लगाएकाे आराेपमा प्रहरीले प्रकाश कँडेललाई समाएकाे थियो । मुख्य आराेपितका रूपमा चर्चामा आएका कँडेल घटना भएकाे १२ घण्टापछि समातिएका हुन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार लुक्दै भाग्दै हिँडेक कँडेल बुधबार मध्यरातमा भरतपुरमा समातिएका हुन् ।


कँडेल सत्तारूढ नेकपाका स्थााीय नेतासमेत हुन् । कँडेलसहित याे घटनाका १७ जना आराेपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना महिला पनि छन् । महिलाकाे स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिरि हुने गरेर परिवारकाे जिम्मा लगाएकाे र अरूलाई हिरासतमै राखेकाे एसपी मल्लले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?