कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले चन्द समूहसँग वार्ता गर्नुपर्छ : गच्छदार

देवनारायण साह

मोरङ — कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारले नेत्रविक्रम चन्द समूहसँग अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् । 

सरकारले चन्द समूहसँग वार्ता गर्नुपर्छ : गच्छदार

विराटनगरमा मंगलबार पत्रकासँग गच्छदारले भने चन्द समूह पनि वार्तामा आएर समस्याको समाधान गर्नुपर्ने बताएका हुन् । ‘लामो संघर्षपछि जारी भएको संविधानमा मुलुकका अनेकौं सहिद र नेताहरुको सपना साकार भएको छ,’ उनले भने, ‘सहिद र नेताहरुको सपनालाई साकार पार्न सरकार र माओवादी दुवैले गम्भीर भएर वार्ता गर्नुको विकल्प छैन ।’


चन्द आफैंपनि सशस्त्र संघर्ष गरेर ल्याएको परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए । ‘नेत्रविक्रम जीको असन्तुष्टी संविधान संशोधन गरेर हुन्छ भने त्यो गर्न कुनै आपतिको विषय होइन,’ उनले भने, ‘अहिलेको संविधान जारी भएको तीन महिनामा नै संशोधन भएकोले पूनः संशोधन गरेर यदि मुलुकमा शान्ति, अमनचयन कायम हुन्छ भने त्यो गर्न खुट्टा कमाउनु हुँदैन ।’


जोसुकैले चाहेर पनि अहिले आएको व्यवस्था तत्कालै परिवर्तन हुने स्थिति नभएको गच्छदारको भनाइ थियो । अहिलेको व्यवस्थाबाट आम नेपाली नागरिकले लाभ लिन बाँकी नै रहेको विषय सबैले बुझ्नु आवश्यक भएको उनले सुनाए ।

गच्छदारले सरकारले मुलुकको तीनवटा प्रधानमन्त्री दिएको घरबाट सुरक्षाकर्मी हटाउनु अत्यन्तै निकृष्ट र राजनीतिक पूर्वाग्रही कार्य भएको बताए ।


‘कोइराला निवासमा दिइआएको सुरक्षा हटाउनु हुँदैन र यो हटाउनु सरकारको अदुरदर्शितापूर्ण निर्णय हो,’ उनले भने, ‘तीन वटा प्रधानमन्त्री दिएको कोइराला निवासको मुलुकमा धेरै ठूलो योगदान छ र त्यहाँबाट जन्मेका प्रधानमन्त्रीले नै मुलुकमा प्रजातन्त्र, गणतन्त्र र संघीयता प्रदान गरेको गम्भीरतालाई नबुझ्ने अहिलेको सरकारको मानसिकता बुझ्नु सबैको लागि जरुरी छ ।’ यस्तो संवेदनशील परिवारको निवासलाई सुरक्षा दिनु अति आवशयक भएको उनको भनाइ थियो ।


उनले दिँदै आएको सुरक्षा व्यवस्थालाई समयानुकुल परिमार्जन गर्न सकिन थियो तर हटाउनु आवश्यक नभएको बताए ।

प्रकाशित : जेष्ठ २१, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?