कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोइराला निवासको सुरक्षामा महानगरले खटायो नगर प्रहरी

विनोद भण्डारी

विराटनगर — सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाएपछि विराटनगर महानगरपालिकाले निवासको सुरक्षा गर्ने भएको छ । त्यसकालागि महानगरले मंगलबारदेखि तीनजना नगर सुरक्षाकर्मीलाई निवासको २४ सै घण्टा सुरक्षार्थ खटाएको छ ।

कोइराला निवासको सुरक्षामा महानगरले खटायो नगर प्रहरी

निवासलाई अढाई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले सुरक्षा दिँदै आएको थियो । तर सरकारले गत बिहीबार सशस्त्र प्रहरीलाई निवासको सुरक्षाबाट हटाएको थियो । सरकारको यो निर्णयको चौतर्फी विरोध भएको छ ।


महानगरले सोमबार नगर प्रहरी सिताराम चौधरी, रिता रोक्का र अरुण यादवलाई निवासको सुरक्षाका लागि खटाएको छ । 'तत्काललाई तीन जना नगर प्रहरीलाई कोइराला निवासको २४ सै घण्टा सुरक्षाकालागि खटाइएको छ' महानगर प्रमुख भीम पराजुलीले भने,'आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गरिने छ ।'


पिताजी कृष्णप्रसाद कोइराला र कांग्रेसका संस्थापक बीपी र गिरिजाप्रसादले प्रजातन्त्र र लोकतन्त्रका प्राप्तिका लागि यही निवासमा बसेर राणा र राजा विरुद्ध आन्दोलन गरेका थिए । महानगर प्रमुख पराजुलीले भने,‘यस्तो राजनीतिक इतिहास बोकेको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सङ्घीय सरकारले हटाएपछि स्थानीय सरकारले सुरक्षा दिएको हो ।’


गत बिहीबार बिहानसम्म सशस्त्र पहरीले निवासको सुरक्षा दिँदा निवासको इतिहासमा कुनै पनि कोठामा ताल्चा लागेको थिएन । बिहीबार दिउँसो सुरक्षाकर्मी हिँडेपछि निवासका सहयोगीले सबै कोठामा ताला लगाएका थिए । निवास सहयोगी पाना उरावले भनिन्,‘सोमबार तीन जना नगर प्रहरी सुरक्षाका लागि आएपछि केही ढुक्क भएको छ ।’


यो पनि पढ्नुहोस्ः

कोइराला निवासका सुरक्षाकर्मी हटाइए

प्रकाशित : जेष्ठ २१, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?