कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओली बेलायती राजकुमार भेट तय

लन्डन — बेलायतको तीन दिने औपचारिक भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी ओली र बेलायती राजकुमार ह्यारीबीच भेटघाट तय भएको छ । प्रिन्स ह्यारीसँग जुन ११ मंगलबार केन्जिङटन प्यालेसमा भेट तय भएको लन्डनस्थित दूतावास स्रोतले जनाएको हो । 

प्रधानमन्त्री ओली बेलायती राजकुमार भेट तय

करिब दुई वर्षअघि नेपाल भ्रमणसमेत गरेका ब्रिटिस राजकुमार ह्यारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउँदै आएका छन् । अफगानिस्तानमा गोर्खा सैनिकहरुसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गर्ने गरेका छन् । भूकम्प गएको झण्डै एक वर्षपछि नेपाल पुगेका ह्यारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोर्खाको एक गाउँमा गाउँलेहरु सँगै ढुंगा माटो बोकेर एक स्थानीय विद्यालयको पुनर्निर्माणमा सघाएका थिए ।


प्रधानमन्त्री ओली र बेलायती समकक्षी टेरेजा मेबीच ११ तारिखकै दिन दिउँसो भेटवार्ताको कार्यक्रम छ ।


नेपालका प्रधानमन्त्री १७ वर्षपछि बेलायत आउने भएपछि यहाँको नेपाली समुदाय उत्साहित र आशावादी छन् । प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा नेपाली डायस्पोरालाई समेत सम्बोधन गर्ने भएकाले उनीहरु आफ्ना कुरा राख्न आतुर छन् । आफ्ना प्रधानमन्त्रीसँग एनआरएनएले दोहोरो नागरिकता र भूपू गोर्खाहरुले समान पेन्सन मुद्दा उठाउने बताएका छन् ।


बेलायती प्रधानमन्त्री मेको निमन्त्रणामा प्रधानमन्त्री ओली १० जुन सोमबार लन्डन उत्रने कार्यक्रम छ । मेले गत शुक्रबार दलको नेताबाट राजीनामा दिइसकेकाले उनी यतिखेर कामचलाउ प्रधानमन्त्रीका रुपमा छिन् ।


बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगिसकेको छ । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सघाउने बताउँछन् लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (ओबिइ) ।

प्रकाशित : जेष्ठ २६, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?