कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिप्लेढुंगा चाेककाे सडकमा प्वाल

दीपक परियार

पोखरा — पोखराको चिप्लेढुंगामा सडक भासिएको छ । पोखरा–४ चिप्लेढुडा चोकको बीच सडकमा शनिबार बिहान साढे ११ बजे प्वाल परेकाे हो । 

चिप्लेढुंगा चाेककाे सडकमा प्वाल

सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । मेसिन मगाएर भासिएको खाडल नापेर पुर्ने तयारी भइरहेको वडाअध्यक्ष शंकर बास्तोलाले बताए ।


अहिले उक्त सडकमा प्वाल परेको छेउबाट सवारी संचालन गरिएको छ । शुक्रबार यो क्षेत्रमा ठूलो वर्षा भएको थियो ।


दुई वर्ष अघि पनि नजिकैको चिप्लेढुंगा नजिकैको गैरापाटनमा पनि जमिन भासिएको थियो ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?