कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनमा एकको मृत्यु, ३१ जना घाइते 

सुवास विडारी

(मकवानपुर) — मकवानपुर र बाराको सीमाना हेटौंडा–१५ स्थित चुरेमा सोमबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी एकजनाको महिलाको मृत्यु भएको छ ।

सवारी दुर्घटनमा एकको मृत्यु, ३१ जना घाइते 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौंडा–१७, हटियाकी वर्ष २५ की पार्वती अधिकारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार थप २ जना घाइतेहरुको अवस्था गम्भिर रहेको र उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको छ ।


हेटौंडा–४ घर भएका वर्ष ४१ का हरि पौडेल र भारत बिहार घर भएका वर्ष २२ का महोम्मद हुसेनलाई भरतपुर अस्पताल रिफर गरिएको हो । अन्य २९ जना घाइतेहरुको अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज समेत गरिएको प्रहरीले जनाएको छ ।


बस सडकबाट करिब ३० मिटर तल खहरेमा खसेको थियो । तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।


प्रकाशित : असार २, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?