कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इक्यान शैक्षिक मेला असारमै

काठमाडौँ — नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी र परामर्श दिने उद्देश्यले ‘तेह्रौं इक्यान बृहत् शैक्षिक मेला २०७६’ गर्न लागिएको इक्यानले जनाएको छ ।

भृकुटीमण्डपमा हुने मेला असार २६ बाट चार दिन चल्ने विज्ञप्तिमा उल्लेख छ ।


‘शैक्षिक मेला परम्परालाई निरन्तरता दिँदै यस वर्ष १३ औं संस्करण भव्यतासाथ आयोजनाको तयारी गरेका छौं,’ इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले भने, ‘यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना, अवसरबारे सम्पूर्ण जानकारी पाउनेछन् ।’


मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । जसमा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मनी, डेनमार्क, साइप्रसलगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि रहने जनाइएको छ ।


प्रकाशित : असार ४, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?