कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाले भने, 'मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी'

सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले मंगलबार सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाएका छन् । उनले भने, 'मैले विसं २०४८ देखि निरन्तर संसद्मा प्रतिनिधित्व गरेको छु । यस्ता घटना कहिल्यै भएको थिएन ।'

देउवाले भने, 'मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी'

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्नेछ बताए ।


नेता देउवाले स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकामा आपत्ति जनाउँदै मानवअधिकार बिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ ? भन्ने प्रश्न गरे । उनले भने, 'प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जान्छौँ ।'


राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समानुपातिक र समावेशी संविधानको आत्मालाई लोकसेवा आयोगको विज्ञापनले उडाएर लगेकामा दुःख लागेको बताए । 'सत्ता र प्रमुख प्रतिपक्षी दुवैलाई लोकतन्त्र चाहिन्छ । लोकतन्त्रको हत्या नगरौँ,' उनले भने ।

प्रकाशित : असार ४, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?