कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसुवागढी आयोजनाको सुरुङभित्र फसेका कामदार सकुशल निस्किए 

बलराम घिमिरे

रसुवा — रसुवागढी जलविद्युत् आयोजनाको सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएपछि सुरुङभित्र फसेका कामदार शुक्रबार बिहान बाहिर निस्केका छन् । 

रसुवागढी आयोजनाको सुरुङभित्र फसेका कामदार सकुशल निस्किए 

बिहिबार साँझ साढे ८ बजे रसुवागढी जलविद्युत् आयाेजनाकाे सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएको थियाे । सुरुङभित्र रहेका सबै कामदार सकुशल बाहिर निस्केको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताए । ‘सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएको हो,’ उनले भने, ‘सुरुङको मुखै थुनिएको होइन ।’

पहिरोले पहुँच मार्ग अवरुद्ध भएपछि सुरुङभित्र रहेका कामदारहरु बाहिर निस्कन सकेका थिएनन् । सर्ज ट्यांकभित्र काम गर्नेमा ११ नेपाली र ६ जना चिनियाँ गरि १७ जना कामदार रहेका थिए ।


खाना खाएर उनीहरु रातिको डिउटी गर्न सर्ज ट्यांक गएका थिए । पहिरोले कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘कामदारको स्वास्थ्य अवस्था पनि ठीक रहेको छ,’ उनले भने । राति बाहिर निस्कदाँ थप जोखिम हुने भएकाले कामदारलाई बाहिर नआउन भनिएको गैरेले बताए ।

प्रकाशित : असार ६, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?