शान्ति प्रक्रियालाई गलत बुझेँ भन्ने विप्लवलाई लाग्दै छ : दाहाल

रमेशकुमार पौडेल

चितवन — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाबारे गलत बुझाइका कारण नेत्रविक्रम चन्द विप्लवले हिंसाको बाटो अपनाएको बताएका छन् । मंगलबार भरतपुर महानगरको चौथो नगरसभा उद्घाटन गर्दै दाहालले शान्ति प्रक्रियामा आउनु भनेको कार्यकर्तालाई झुक्याउनु हो भन्ने सोच चन्दमा रहेको  बताए ।

पछिल्लो समयमा शान्ति प्रक्रिया ठीक थियो भन्ने कुरा चन्दले बुझ्न थालेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले ढिलो चाँडो मूलधारमा फर्कने दाबी गरे ।

शान्ति प्रक्रियाबारे चन्दको बुझाई दाहालले सुनाए, ‘उहाँले शान्ति प्रक्रिया र चुनावपछि के भन्नु भयो भन्दा हामीलाई काठमाडौं त लिएर आउनु भयो तर मलाई (चन्दलाई) अनुभुति के भयो भने नुवाकोटको एउटा भर्खरको तामाङनी केटीलाई काठमाडौं लगेर म बिहे गर्छु भनेर बम्बै पुर्‍याएजस्तो फिल भयो । चन्दले यही भने ।’ तर, बम्बै लगेको हैन, काठमाडौं नै ल्याएको छु भनेर चन्दले बुझ्न थालेको दाहालको दाबी थियो ।

उनले थपे ‘हेर्दै जानु होला प्रचण्डले बम्बै लगेको रहेनछ हामी सबैलाई काठमाडौं र नेपालमा नै विवाह गराउन पहल गरेको रहेछ भन्ने जुन दिन बुझ्नु हुन्छ उहाँ तुरुन्तै आउनु हुन्छ ।’

प्रकाशित : असार १०, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

संसद्‌मा ‘गलबन्दी च्यातियो ...’ गीतको चर्चा

रासस

काठमाडौँ — प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपूत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाईन्।

साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारबाही गर्न माग गरिन्। सांसद महेश्वरजंग गहतराजले पनि ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महिनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी थिइन्।

प्रकाशित : असार १०, २०७६ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्