कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाले थाल्यो लुम्बिनीमा ५ हजार बिरुवा रोप्ने अभियान (तस्बिरहरु)

मनोज पौडेल

कपिलवस्तु — बुद्ध जन्मस्थल लुम्बिनीस्थित पवित्र उपवनमा ५ हजार विरुवा रोप्ने अभियान थालिएको छ । सरकारले आगामी आर्थिक वर्षमा अभियान चलाउन लागेको वृक्षारोपण वर्षको शनिबार राष्ट्रिय रुपमा शुभारम्भ गरिएको दिन यहाँ पनि वृक्षारोपण थालिएको छ ।

सेनाले थाल्यो लुम्बिनीमा ५ हजार बिरुवा रोप्ने अभियान (तस्बिरहरु)
सेनाले थाल्यो लुम्बिनीमा ५ हजार बिरुवा रोप्ने अभियान (तस्बिरहरु)

मध्य पश्चिम पृतना बुटवलको सहयोगमा लुम्बिनी विकास कोषले वृक्षारोपण थालेको हो । लुम्बिनी ग्राम स्थित एसियन हाईवेको पूर्वतिर शनिबार ३ सय ४० विभिन्न जातका विरुवा रोपिए । यहाँ आँप, लिची र कागतीका विरुवा रोपिए ।

सेनाले थाल्यो लुम्बिनीमा ५ हजार बिरुवा रोप्ने अभियान (तस्बिरहरु)

वृक्षारोपणको सुरुवात मध्य पश्चिम पृतना वुटवलका पृतनापति उपरथी सिताराम खड्का र लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते मेत्तेय शाक्यपुत्रले शुभारम्भ गरे ।

सेनाले थाल्यो लुम्बिनीमा ५ हजार बिरुवा रोप्ने अभियान (तस्बिरहरु)

वृक्षारोपण अभियानकालागि सेनाका २ सय जवान यहाँ खटिएका छन् । ४/५ दिन यता उनीहरु वृक्षारोपण गर्न तयार गरेका ठाउँमा विरुवा रोपिरहेका छन् । हो । ‘लुम्बिनी क्षेत्रलाई हराभरा बनाउने सरकारको अभियान छ’ मध्य पश्चिम पृतना वुटवलका पृतनापति उपरथी सिताराम खड्काले भने,‘त्यसलाई सघाउन यहाँ आएका हौं ।’

सेनाले थाल्यो लुम्बिनीमा ५ हजार बिरुवा रोप्ने अभियान (तस्बिरहरु)

हरियालीले सबैलाई लोभ्याउँछ । लुम्बिनी त अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य हो । यहाँ आउने पर्यटकले राम्रो वातावरण पाउन उनले भने विश्वमै सकारात्मक सन्देश जाओस् भनेर सहकार्य गरेका हौं । सेनाका २ सय जवान साउन मसान्तसम्म यहाँ बसेर ५ हजार विरुवा रोप्ने छन् । १०/१० हेक्टर बढीका ५ वटा प्लट छन् ।

सेनाले थाल्यो लुम्बिनीमा ५ हजार बिरुवा रोप्ने अभियान (तस्बिरहरु)

सेनाले थाल्यो लुम्बिनीमा ५ हजार बिरुवा रोप्ने अभियान (तस्बिरहरु)

प्रकाशित : असार १४, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?