कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

छात्रालाई विद्यालय जान साइकल वितरण

अजित तिवारी

जनकपुर — प्रदेश २ को सरकारले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई वितरणका लागि जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा साइकलको ताँती लागेको छ ।

छात्रालाई विद्यालय जान साइकल वितरण
छात्रालाई विद्यालय जान साइकल वितरण

मुख्यमन्त्री कार्यालय परिसर साइकलले भरिभराउ छ । कार्यालयसँगै रहेको गोदाममा साइकल एसेम्बल गर्ने काममा मिस्त्रीहरु व्यस्त देखिन्थे ।जनकपुरको सकल भवन कन्या माविका कक्षा ८ मा पढने १ सय १४ जना छात्रालाई साइकल वितरण गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले यो अभियानको थालनी गरिसकेका छन् । मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादबका अनुसार असार महिनाभित्रमा प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत्त छात्रालाई साइकल वितरण गरिनेछ ।

छात्रालाई विद्यालय जान साइकल वितरण

साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले टाढा–टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण कार्यक्रमलाई अघि बढाएको बताए । 

छात्रालाई विद्यालय जान साइकल वितरण

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश २ का सामुदायिक विद्यालयको कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : असार १६, २०७६ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?