कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ : उपसभापति निधि

रासस

चितवन — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चन्द समूहलाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनैपनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत् समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए ।

चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ : उपसभापति निधि

अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे । निधिले कांग्रेसभित्र गुटबन्दी नरहेको बताए ।


महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो । 'कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट-उपगुट छ भन्नु हुँदैन', उनले भने ।


सरकारले गरेका कामहरुका कारण जनतामा फेरि कांग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट-उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए ।


फरक प्रसंगमा उनले नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुंगो लाग्ने बताए ।

प्रकाशित : असार १९, २०७६ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?