कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका नेता कुमार पौडेलको दोहोरो भिडन्तमा नै मृत्यु भएको गृहको स्पष्टोक्ति

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेलको सर्लाहीको लालबन्दीमा सुरक्षाकर्मी सँगको दोहोरो भिडन्तमा नै मृत्यु भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदले पौडेलको हत्या गरिएको भन्दै सरकारको धारणा माग गरेका थिए । 

चन्द समूहका नेता कुमार पौडेलको दोहोरो भिडन्तमा नै मृत्यु भएको गृहको स्पष्टोक्ति

सरकारको तर्फबाट जवाफ दिँदै गृहमन्त्री थापाले राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा पौडेको मृत्यु दोहोरो भिडन्तमा भएको बताए ।


गृहमन्त्री थापाले भने गस्तीमा रहेको प्रहरी टोली र चन्द समूहका कार्यकर्ताको जम्काभेट भएको र भेटका क्रममा सुरुमा चन्दका कार्यकर्ताले सुरक्षाकर्मीलाई लक्षित गरेर फायरिङ गरेको बताए । उनले सदनलाई जानकारी दिँदै भने, 'चन्द समूहका कार्यकर्ता लालबन्दीबाट सिन्धुलीतर्फ जाँदै गर्दा सुरक्षाकर्मीसँग जम्काभेट भयो र त्यसक्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै वन तिर भागे र कुमार पौडेलले पनि पछि सुरक्षाकर्मीलाई लक्षित गर्दै फायरिङ गरे । जवाफी फायरिङमा सुरक्षाकर्मीले चलाएको गोली लागि पौडेलको मृत्यु भयो ।'

प्रकाशित : असार २४, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?