कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढकाे तरकारी बजारमा आँप बाेकेकाे भारतीय ट्रक ताेडफाेड

रमेशकुमार पौडेल

चितवन — नारायणगढ क्षेत्रपुरमा रहेकाे महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहानै आँप बाेकेकाे भारतीय ट्रकमा ताेडफाेड भएकाे छ ।

नारायणगढकाे तरकारी बजारमा आँप बाेकेकाे भारतीय ट्रक ताेडफाेड
बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बिहान सवेरै सवा तीन बजे तिर ट्रक ताेडफाेड भएकाे हाे । ट्रककाे अगाडिकाे शिसा फुटेकाे छ । ट्रकमा चार टन भारतीय आँप थियाे । स्कुटरमा चढेर आएका युवाले ताेडफाेड गरेकाे प्रत्यक्षदर्शी व्यवसायीहरूले बताए ।


उनीहरूले पानीकाे बाेतलमा पेट्राेल ल्याएका थिए । पेट्राेल छर्केर आगाे लगाउन सलाइ काेर्दा सलाइ नबलेपछि उनीहरू भागेकाे व्यवासायीहरूले बताए ।


प्रबन्ध निर्देशक धितालका अनुसार याे समयमा भारतबाट आँप र अनार आउने गर्छ । नारायणगढकाे तरकारी बजारमा दिनमा १०/१२ वटा भारतीय ट्रक तरकारी र फलफूल ल्याएर आउने गर्दथे । विषादी परीक्षणकाे सन्दर्भ पछि फाट्ट फुट्ट मात्रै आउने गरेका छन् ।


प्रकाशित : असार २६, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?