नारायणगढकाे तरकारी बजारमा आँप बाेकेकाे भारतीय ट्रक ताेडफाेड
चितवन — नारायणगढ क्षेत्रपुरमा रहेकाे महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहानै आँप बाेकेकाे भारतीय ट्रकमा ताेडफाेड भएकाे छ ।
बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बिहान सवेरै सवा तीन बजे तिर ट्रक ताेडफाेड भएकाे हाे । ट्रककाे अगाडिकाे शिसा फुटेकाे छ । ट्रकमा चार टन भारतीय आँप थियाे । स्कुटरमा चढेर आएका युवाले ताेडफाेड गरेकाे प्रत्यक्षदर्शी व्यवसायीहरूले बताए ।
उनीहरूले पानीकाे बाेतलमा पेट्राेल ल्याएका थिए । पेट्राेल छर्केर आगाे लगाउन सलाइ काेर्दा सलाइ नबलेपछि उनीहरू भागेकाे व्यवासायीहरूले बताए ।