प्रधानमन्त्री ओली स्वास्थ्य, अस्पताल र भूकम्पमै केन्द्रित

प्रसूति गृहको नवनिर्मित भवन उदघाटन
अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले शुक्रबार परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको पुनर्निर्मित भवनको उद्घाटन समारोहमा राजनीतिक भाषण गरेनन् । भाषणका क्रममा प्राय : उखान र टुक्काको साथै राजनीतिक टिप्पणी गर्ने प्रधानमन्त्री ओली शुक्रबार थापाथलीमा रहेको प्रसूति गृहको नयाँभवनको उद्घाटनका क्रममा स्वास्थ्य, अस्पताल र भूकम्पमा केन्द्रित भए ।

उनी फरक वा रजनीतिक विषयमा प्रवेश गरेनन् भने अलिखित भाषण गर्दाताका अस्पतालबारे सटिक तथ्यांक समेत प्रस्तुत गरे ।

संसारभरीमै सबैभन्दा प्रसूति सेवा दिने अस्पतालहरु मध्ये एउटा रहेको दाबी गरिएको प्रसूति गृहमा भूकम्पबाट क्षतिग्रस्त अस्पतालको १८५ शय्या क्षमताको भवन जापान सरकारको सहयोगमा पुनर्निर्मित गरिएको हो ।

नवनिर्मित भवन सञ्चालनसँगै हाल पुनः हाल प्रसूति गृह आफ्नो पूर्व क्षमता अर्थात ४१५ शय्या मा फर्किएको औल्याउँदै प्रधानमन्त्री ओलीले भने,‘यहाँ भएको पार्किङको समस्या लगायत ३ वटा मागको सम्बन्धमा के गर्न सकिन्छ, सरकारको ध्यान जानेछ ।’ भूकम्पले भवन क्षतिग्रस्त भएपछि प्रसूति गृहको शय्या क्षमता ३०० मा झरेको थियो । उनले प्रसूति गृहको पारी पट्टिको जग्गाबारे समेत ध्यानाकर्षण गराए ।

स्रोतको अनुसार प्रधानमन्त्री कार्यालयले शुक्रबार बिहान नै अस्पताल प्रशासनसँग प्रसूति गृहसँग सम्बन्धित विभिन्न तथ्यांक, समस्या आदि बारे जानकारी मागेको थियो ।

६ दशक अगाडि ६० शय्याबाट स्थापित प्रसूति गृहले आम जनतालाई सेवा दिँदै आएको उनले जनाए ।

भूकम्पबाट भत्किएको समय समेत आम जनतालाइ सेवा पुर्‍याएकोमा प्रधानमन्त्रीले यहाँका चिकित्सक, नर्स, कर्मचारी लगायत सबैलाई धन्यवाद समेत दिए । उनले भवन निर्माण गरेर नेपाललाई सघाउने जापान सरकार, त्यहाँका जनतालाई समेत धन्यवाद दिए ।

उक्त समारोहमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुलुकले आधुनिक अस्पताल भवन पाएको बताए । अगामी दिनमा मुलुकमा थप आधुनिक मातृत्व तथा शिशु अस्पताल निर्माण गर्नु पर्ने उनले जनाए ।

‘यो संसारभरीमै सबैभन्दा प्रसूति सेवा दिने अस्पतालहरु मध्ये एक हो,' प्रसूति गृहको निर्देशक डा.जागेश्वर गौतमले भने, 'गत वर्ष यहाँ २० हजार ६ सय ८० जनाले बच्चा जन्माएका थिए भने यो वर्ष २३ हजारले सेवा लिने आँकलन गरिएको छ ।

यो अस्पताल सबैभन्दा कम शल्यक्रियाको माध्यमले बच्चा जन्माइन्छ । यहाँ हाल ७१ प्रतिशत सामान्य र २९ प्रतिशत गर्भवती महिलाको शल्यक्रिया मार्फत बच्चा जन्माइन्छ ।

नव निर्मित ३ तले भवनमा नया प्रविधिको उपयोग गरिएको छ । यहा भएका धारा सवै सेन्सर युक्त छन । भवनमा संक्रमण नियन्त्रणको राम्रो व्यवस्था गरिएको छ । समान अटो क्लेभ गर्ने व्यवस्था समेत रहेको डा.गौतम बताउछन ।

यसको झुइ तलामा इमर्जेन्सी सेवा ३ वटा अपरेसन थियेटर सहित प्रसूति सेवा, एएनसी, तथा एक्टिभ लेवर वेड राखिएको छ । यस्तै पहिलो तलामा १० वटा डिलेभरी एके पटक गर्न सकिने प्रसूति कक्ष, पोष्ट अपरेछिभ वार्ड र मैटरनिटि इन्टेन्सिभ केयर युनिट सेवा राखिएको छ ।

दोश्रो तल्लामा स्पेसल केयर वेवी युनिट,, नियो नेटल इन्टेन्सिभ केयर युनिट, पोष्ट नेटल केयर वार्ड, राखिएको छ । यस भवनमा पर्याप्त कक्षा कोठा, कन्फरेन्स हल, लाइव्रेरी, प्राध्यापकको कोठाको व्यवस्था गरिएको छ ।


प्रकाशित : असार २७, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपहिरोले ६ जनाको ज्यान गयो, ५ बेपत्ता

जनकराज सापकोटा

काठमाडौँ — गृह मन्त्रालयका अनुसार लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । मन्त्रालयले देशैभरीबाट शुक्रबार मध्यान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो । झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ । 


यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ। त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन्।

त्यस्तै बाढीका कारण मोरङ र सुनसरीमा एक/एक गरी दुई जना बेपत्ता भएका छन् भने पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ। त्यस्तै मोरङमा बाढीका कारण चार घर डुबानमा परेका छन् भने एक हजार घर प्रभावित बनेका छन्। रौतहटको लालबकैया नदीमा पानीको प्रवाह बढेका कारण उक्त क्षेत्र जोखिमपूर्ण बनेको छ।

प्रकाशित : असार २७, २०७६ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्